प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा भोली देखी दुई दिने राष्ट्र व्यापी बैदिक सनातन सम्मेलन हुनु

611
shares

काठमाडौं ।काठमाडौंमा आइतबार बाट दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ । काठमाडौंको पशुपति क्षेत्रमा असार २६ र २७ गते वैदिक सनातन धर्म सम्मेलन आयोजना हुने भएको हो ।

राष्ट्रिय धर्म संस्कृति सम्मेलन नाम दिइएको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पक्षले जनाएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्य लगायत धार्मिक व्यक्तित्वहरु बाट उद्घाटन हुने कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैन लगायत विभिन्न सम्प्रदायका अगुवा लगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिहरू सहभागी हुनेछन् भने बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङ, डा.चन्द्रकुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा. निर्मला पोखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न बिषयमा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनर्स्थापना गर्ने मार्गचित्र लगायत विषयहरु पारित गर्ने तयारी रहेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports