दिवंगत र्याप गायक यमवुद्धको शालिक मेरो तलब बाट बनाउँछु : मेयर बालेन
वि.सं.२०७९ असार २५ शनिवार १५:१८
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्याप गायक यम वुद्धको शालिक आफ्नो तलबको रकम बाट बनाउने बताएका छन् ।
काठमाडौं महानगरपालिकाको बजेट बाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।
महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकम बाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।







































