२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम ढुवानी ब्यवसायीहरुले फेरी गरे आन्दोलनको घोषणा

1.26K
shares

काठमाडौं ।ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउन देखि पेट्रोलियम ढुवानी रोक्ने सहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । ‘१ भदौ सम्म ढुवानी भाडा वृद्धि नगरिए २ गते देखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ । गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

बढेको इन्धनको भाउ अनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् । भाडा बढाउने बारे गत वर्ष आयल निगमले विज्ञ समूह मार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालिन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।निगमको अध्ययन समितिले रु टअनुसार ३ देखि १६ प्रतिशत सम्म भाडा बढाउन सुझाव दिएको थियो । जसलाई निगमले अधिक भएको भन्दै थप अध्ययन गर्न पुल्चोक इन्जिनियारिङ कलेजलाई अध्ययन प्रतिवेदन थमाएको थियो ।

आयल निगमको वर्तमान सञ्चालक समिति इन्धनको मूल्य वृद्धिले जनताको ढाड सेकिएको बेला व्यवसायीको भाडा बढाउन सहमत छैन । तर, व्यापारि बाट प्रभावित भएर निगमले सञ्चालक समितिमा ७ पटक सम्म भाडा वृद्धिको प्रस्ताव लगेको बोर्ड सदस्यहरुले बताउने गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports