२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार माथि हातपात महासंघको आपति

1.22K
shares

काठमाडौं ।नेपाल पत्रकार महासंघले स्पेस फोके टेलिभिजनका कार्यरत पत्रकारहरू माथि भएको आक्रमणको विरोध गरेको छ । समाचार संकलनका लागि मनोहरा नगरपालिका ७ मा रहेको ओसिएन ड्रिंकिङ वाटर इन्डस्ट्रीज पुगेको पत्रकारहरू नरेन्द्र महतरा र सुरेन्द्र राउत माथि आक्रमण भएको थियो ।

उक्त उद्योगले बजारमा पठाएको प्रशोधित पानी (जार) मा किरा भेटिएपछि सो सम्बन्धमा समाचार संकलन लागि पुगेका उनीहरूलाई बुधवार नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय अध्यक्ष ध्रुवगौतम सहितले हातपात गरेका थिए ।

महासंघले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न माग गरेको छ । ‘बजारमा पठाइएको पानीमा देखिएको समस्या बारे बुझ्न र सो बारे नागरिकलाई सुसूचित र सचेत गराउन जुटेका पत्रकार माथि गरिएको यो हर्कत प्रेस स्वतन्त्रता विरोधी कार्य हो’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्न माथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकाय सँग माग गर्दछ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports