प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यि हुन काँग्रेसका प्रस्तावित नँया भातृ तथा शुभेच्छुक संस्थाहरू

611
shares

काठमाडौं ।नेपाली काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था बढाउने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव तयार पारेको हो । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव पेस गरिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकले उक्त प्रस्ताव पारित गरे काँग्रेसमा १२ भ्रातृ र २८ शुभेच्छुक संस्था हुने छन् । १३ संस्थाले शुभेच्छुक र पाँच संस्थाले भ्रातृ संस्थाको मान्यताका लागि आवेदन दिएका थिए । भ्रातृका रुपमा १ ले भ्रातृ र १० वटाले शुभेच्छुक संस्थाको मान्यता दिन सकिने गरी प्रतिवेदन तयार भएको छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, जनसम्पर्क समिति, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघ, मुस्लिम संघ, तामाङ संघ, मगर संघ, ठाकुर समाजलाई हाल भ्रातृ संस्थाको रुपमा हाल क्रियाशील छन् । जसमा आदिवासी जनजाति संघ, तामाङ संघ र मगर संघलाई मर्ज गरिएको छ । तीन वटा भ्रातृ संस्थालाई मर्ज गरेर नेपाल आदिवासी जनजाति महासंघ बनाउन लागिएको हो । यस्तै नेपाल थारू संघलाई भ्रातृ संस्थाका रुपमा नयाँ मान्यता दिइएको छ ।

संवैधानिक व्यवस्था अनुसारका महिला, आदिवासी जनजाति, खस आर्य, मुस्लिम, मधेसी, थारु पिछडिएको क्षेत्र र दलित गरी आठ वटा क्लष्टरलाई मध्येनजर गरेर भ्रातृ संस्था थप्ने र मर्ज गर्ने काम भएको नेता एनपी साउदले जानकारी दिए । उनका अनुसार थप १० वटा शुभेच्छुक संस्थालाई मान्यता दिने गरी प्रस्ताव तयारी गरेको छ । काँग्रेसका १९ वटा शुभेच्छुक संस्थामा अब १० वटा थप हुने देखिएको छ । साउदका अनुसार व्यवसायिक रुपमा सक्रिय १० संस्थालाई शुभेच्छुक संस्थाको मान्यता दिइने भएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, नेपाल प्रजातन्त्रवादी इञ्जिनीयर्स, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी युनियन काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेका छन् । यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल र डेमोक्रेटिक एसिग्रकल्चरिष्ट एशोसिएसन नेपाल गरी १८ वटा संस्था काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता पाएर सञ्चालित छन् ।

अब नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाउने भएका छन् । यस्तै नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई पनि शुभेच्छुक संस्थाको मान्यता दिन लागिएको छ ।

यस्तै काँग्रेसले नयाँ विधानमा पदावधि, कार्यसमिति, संगठन संरचना, महाधिवेशनका प्रक्रिया, पार्टीमा प्रतिनिधित्व लगायतका आधारभूत विषयमा एक रूपता कायम गरेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports