प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाप्रसादलाई लागेको जस्तो मौद्रिक निति आउदैन : गभर्नर अधिकारी

611
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउँछ कि भन्ने त्रास रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

‘हामाी चुनौतिपूर्ण अवस्थामा छौं, यो बाह्य कारणले निम्तिएको हो । कोरोना पछि रसिया युक्रेन युद्धको प्रभावको मूल्य बढ्यो, इन्धन अभाव देखिएको छ,’ उनले भने, ‘पहिलो अर्थन्त्रलाई ठाउँमा राख्नुपर्छ, स्टेबल हुनुपर्छ अनि मात्रै हामी त्यस भित्र अटाउँछौं । अर्थतन्त्र अस्थिर भयो भने त्यस भित्र काम गर्दा धेरै समस्या आउँछ सक्छ ।’ निजी क्षेत्र भएकोले नाफा नघटोस्, घाटामा जानु नपरोस् भन्नु स्वभाविक रहेको र त्यसलाई अन्यथा लिने कुरा नआउने उनले बताए । तर, नीति बनाउँदा अर्थतन्त्रका लागि आवशयक के हो र अर्थतन्त्रलाई कसरी जोगाउने र भोलिको जोखि मबाट कसरी जोगाउने भन्ने कुरामा ख्याल गर्नुपर्ने उनले बताए ।

‘कोभिड–१९ को समयमा केही समस्या हुँदा लिन सक्ने हदै सम्मका उपाय प्रयोग गर्यौं,’ उनले भने, ‘ती सुविधा क्रमशः हट्दै गएका छन् भने केही सुविधा हटेका छन्, सीआरआर अहिले पनि ३ प्रतिशत कायम छ, बैंक रेट ५ प्रतिशत कायम गरेकोमा अहिले ७ प्रतिशत पुर्‍याएका छौं ।’उनले बढ्दो शोधनान्तर तथा चालु खाता घाटाले सहज हुनेपर्ने देखाएको बताए । ‘१० महिना २८८ अर्ब शोधनान्तर घाटा छ, ५४७ अर्ब चालु खाता घाटा छ । यहि तथ्यांकले पनि सजग हुनुपर्ने बताएका छन्,’ उनले भने, ‘यी तथ्यांकलाई ब्यालेन्समा ल्याउन सक्छौं ?’ उनले हाम्रो समस्या उपभोग नै रहेको बताए । अर्थतन्त्रलाई चलायमान बनाउन समान्य उपभोग चाहिने भएपनि त्यसलाई प्रोत्साहन गर्दा चालु खाता र शोधनान्तर घाटा उच्च भएको र जुन सधैं हुन नहुने उनले बताए । यसले यी समस्यालाई व्यवस्थापन गर्दा सबैले आफ्नो ठाउँ बाट आउने सक्ने समस्यालाई सहुनपर्ने उनले बताए ।

‘केही समस्या सहँदा अर्थतन्त्रलाई सही ठाउँमा लैजान सक्छौं भने गाह्रो मान्न हुँदैन, बैंकका ग्राहकको रुपमा निजी क्षेत्र, बैंकर्स आफैं, कतिपय ठाउँमा राज्यको राजस्व घट्न सक्ला त्यसमा सहन सक्नुपर्छ,’ उनले भने, ‘समय र अर्थतन्त्रको माग के हो त्यो अनुसारको नीति आउने हो, गभर्नरको रुपमा महाप्रसादलाई दिमागमा के लाग्छ त्यो पोलिसी आउने अथवा निजी क्षेत्रले मागेको पोलिसी आउँदैन ।’ उनले अनवाश्यक किसिमको व्यापार प्रतिष्पर्धामा निजी क्षेत्रले नै क्रेडिट अवधि दिन लाग्दा प्रणालीमा त्यसले पनि समस्या ल्याउने बताए । ‘प्रणाली बाट ४७/४८ खर्ब कर्जा गएको छ । उपभोक्ताले उधारो खाएको छैन । बैंकले ऋण दिएको छ । पैसा कहाँ अड्कियो ?,’ उनले भने, ‘व्यावसायिक समूह भित्रका तपाईंहरु नै हो, आफ्नो क्रेडिट पोलिसी तपाईंहरुले तय गर्ने हो, यस्ता कुरामा ध्यान दिनुस् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports