विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ : गभर्नर अधिकारी

637
shares

काठमाडौं ।नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्य भन्दा माथि हुने बताएका छन् । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्य भन्दा बाहिर गएको उनले बताए ।

प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा उनले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताए । ‘विकसित मुलुकहरूमा न्यून मुद्रास्फीति हुने गरेकोमा २०२२ मा बढेर ५.७ प्रतिशत पुग्ने अनुमान छ । २००८/०९ को मन्दीमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगेको छ, चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन छ । आगामी दिनमा पनि कठिन देखिन्छ,’ उनले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको छ । हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’

प्रोत्साहन प्याकेज ल्याएका विश्वको अन्य केन्द्रीय बैंकले हटाउँदै लगेको उनले बताए । ‘हामी लगायत धेरै मुलुकमा परेको ठूला समस्या बाह्य क्षेत्रको दबाब नै हो,’ गभर्नर अधिकारीले भने,’ चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चिती घटेको छ । ६ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ । जुन नराम्रो हैन तर जुन रूपमा घट्यो यसरी घट्दा जोखिम हुन्छ कि !’ अहिले नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको बताउँदै उनले आयात बढ्नुमा केही अंश परिमाणको कारण भए पनि मुख्य मूल्य वृद्धि रहेको बताए ।

रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षको भन्दा बढी हुने देखिने उनको भनाइ छ । तरलता व्यवस्थापन गर्न तीन खर्ब भन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै उनले कोभिडको बीचमा दिएका सुविधा जे जति थिए अहिले कोभिडबाट बाहिर आएर अर्को समस्यामा आएकोले यसलाई बाहिर ल्याउने गरी मौद्रिक नीति आउने बताए । ‘देशको अवस्था अनुसारकै मौद्रिक नीति आउँछ,’ उनले भने ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports