विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा सहित पास भएको तथा एसपीपी सम्झौता रोकिएको माधव नेपालको दाबी

1.11K
shares

धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो अडानका कारण देशमा विदेशी शक्तिहरुका विभिन्न षड्यन्त्र असफल भएको दाबी गरेका छन् । उनले एकीकृत समाजवादी पार्टीकै अडानका कारणले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा सहित पास भएको तथा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता रोकिएको दाबी गरेका हुन् ।

सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले विदेशी शक्तिको चलखेल बढेको बताउँदै सोही अन्तरगत विभिन्न खालका परियोजनाहरू आइरहेको टिप्पणी गरे । प्रतिनिधिसभा बाट पारित भएको एमसीसी परियोजना विशुद्ध आर्थिक परियोजना हो की ? सैन्य रणनीतिको अंग हो ? भन्ने सवाल उठेपछि एकीकृत समाजवादी पार्टीको अडानका कारण व्याख्यात्मक घोषणा सहित पारित भएको उनको दाबी छ ।

‘पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा पार्टीमा हामीले आफ्नो अडान राखेका थियौं’ नेपालले भने, ‘अहिले प्रतिनिधिसभा बाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणा सहित स्पष्ट पारिएको हो ।’ उक्त परियोजना एकतर्फी रुपमा कार्यान्वयन गर्न खोजेमा भंग गर्न सकिने पनि नेपालको दाबी गरे । विदेशी शक्तिको चलखेल अन्तरगत नै आएको एसपीपी परियोजना समेत आफूहरुकै अडानका कारण रोकिएको जिकिर गर्दै उनले गठबन्धन सरकार भएकै कारण रोकिएको अन्यथा पारित भइसक्ने दाबी गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports