चिनियाँ नेता लिउ जियानचाओ र प्रचण्ड बीच भेट
वि.सं.२०७९ असार २७ सोमवार १६:५२
shares

काठमाडौं ।चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटेका छन् ।
प्रचण्डलाई उनकै निवास खुमलटारमा गएर जियानचाओले भेटेका हुन् । भेटमा नेपाल चीन सम्बन्धका विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का सँग भेटघाट गरेका जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत सँग पनि भेट्ने कार्यक्रम छ ।
मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी सँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् । सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए ।




































