kumari
stcnepal

भारत बन्दैछ विश्वमा सबै भन्दा बढी जनसंख्या भएको देश

एजेन्सी- भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ। चीनको जनसंख्या १ दशमलप ४ अर्ब छ। तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ। तर, सोचेअनुसार जनसंख्या वृद्धिदर भएको देखिँदैन।


जनसंख्या वृद्धिदर अहिले सन् १९५० पछि सबैभन्दा सुस्तदरमा रहेको राष्ट्रसंघले जनाएको छ। सन् २०८० सम्ममा १० दशमलव ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ। तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ। आगामी ३० वर्षमा हामीले देख्ने आधा भन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र हुनेछ।

विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरू मध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन्। ती देशहरूमा जन्मदर घटिरहेको छ। प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ। आगामी वर्ष देखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ। सरकारले सन् २०१६ देखि नै एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य वृद्धि हुन सकेको छैन।

 

 

 

footer