करको दर हेरफेर आरोप बारे छानबिन गर्न गठित विशेश समितिले आज बाट औपचारिक रुपमा काम सुरु गर्दै
वि.सं.२०७९ असार २८ मंगलवार ११:५६
shares
sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;'? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t't ub}{ . tl:a/M /Tg >]i7÷/f;;
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोप बारे छानबिन गर्न गठित विशेश समितिले आज बाट औपचारिक रुपमा काम सुरु गर्दैछ ।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले आज औपचारिक बैठक बस्ने जानकारी दिए । उनका अनुसार आज कार्यविधि तय गर्ने लगायतका काम हुने छ । बैठक दिउँसो सिंहदरवारमा बस्नेछ । समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने रहेको जानकारी दिए ।
आज औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिन भित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, पुष्पा भुसाल, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
करको दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्माले २२ असारमा पद बाट राजीनामा दिएका थिए । उनले राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै छानबिन गर्न चुनौती दिएका छन् ।




































