प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसको बैठकमा उठ्यो धर्मनिरपेक्षता पुनरावलोकनको मुद्धा

806
shares

काठमाडौं ।नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षता सम्बन्धी व्यवस्थाको पुनरावलोकन हुनुपर्ने भन्दै एक केन्द्रीय सदस्यले सवाल उठाएका छन् । केन्द्रीय सदस्य प्रकाश स्नेहीले सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका हुन् ।


बैठकमा आफ्नो धारणा राख्दै स्तेहीले भने, ‘धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रपा हुने अवस्थामा काँग्रेसको भोट बैंक के हो ? हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने ?छलफल गरौं । धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी छ ।’

उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि प्रस्ताव गरेका छन् । ‘देश अस्थिर भयो । गठबन्धनको टेको टेकेर सरकार बनाउनु पर्यो’, उनले भने, ‘संघीयता आएको यत्रो वर्ष भयो , संघीयताको बारेमा छलफल र बहस चलाउनु पर्छ ।’ ३ करोड जनसंख्या भएको देशले संघीयता धान्न नसक्ने उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports