सडकबाट प्रधानमन्त्री फेर्ने नाटक सुरु
वि.सं.२०७८ असार १० बिहीवार १७:२४
shares

काठमाडौं । अदालतलाई आफ्नो पक्षमा पार्नका लागि दबाब स्वरुप नेपाली कांग्रेस, एमालेको माधवसमूह, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह, संयुक्त जनमोर्चा हिजोदेखि सडक संघर्षमा उत्रेका छन् । उनीहरु कानुनी उपचारका लागि सर्वोच्चमा मुद्दा लड्दैछन् र मुद्दामा बहस चलिरहेको छ । अदालतलाई प्रभाव पार्नकै लागि यी समूहले विद्यार्थीलाई सडकमा उतारेका हुन् ।
अदालतको फैसला कुर्न नसक्ने, वैकल्पिक सरकार दिन नसक्नेहरु सत्तारुढ दल एमालेका सांसदको सहीलाई समर्थन भनेर सत्ताको दावी गरिरहेका छन् । लोकतान्त्रिक व्यवस्थाका सबै संयन्त्रहरुलाई अदालतमा केन्द्रीत गरेका यी राजनीतिक दलहरु अदालतबाट राजनीतिक फैसला गराउन व्यापक दबाब दिइरहेका छन् ।
अदालतले संसद पुनस्र्थापना गराइदियो भने पनि प्रम ओलीलाई बहुमतले फाल्नुपर्छ र त्यो अवस्थामा विद्रोहीहरुको जागीर समाप्त भइसक्ने हुँदा अर्को सरकार बन्नै नसक्ने भएकाले सरकारविरोधीहरु अदालतबाट शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गराउनु भन्ने आदेश खोजिरहेका छन् । विश्लेषकहरु भन्छन्–त्यसो भए संसदीय व्यवस्था किन चाहियो ? अदालती व्यवस्था गरिदिए भइहाल्यो नि ।
































