२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई न्यायाधीशलाई बर्खास्त गर्न र एकलाई सचेत गराउन न्याय परिषदको निर्णय

975
shares

काठमाडौं ।न्यायपरिषद बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। यस्तै अर्का एक न्यायाधीशलाई परिषद्ले सचेत गराएको छ। न्यायपरिषद सचिवालयका प्रवक्ता मान बहादुर कार्कीले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरिएको जानकारी दिए ।

यस्तै जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्तीका लागि सिफारिस भएको छ । अब सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीशको हैसियतले दीपक कुमार कार्कीले उनीहरूलाई बर्खास्त गर्नेछन् ।

यसैगरी तुलसीपुर उच्च अदालतकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने निर्णय भएको उनले बताए । उनीहरु माथि खराब आचरण र कार्यक्षमताको अभाव रहेको आरोप लगाइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports