२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यि हुन हिजोको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु

923
shares

काठमाडौं ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठक बाट विभिन्न निर्णयहरू गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि बसेको उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिना थप गर्ने लगायत विभिन्न निर्णयहरू गरेको एक मन्त्रीले जानकारी दिए ।

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय–

१. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने ।
२. पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने ।
३. विश्वव्यापी व्यापारका लागि सहायता पुनरवलोकन कार्यक्रममा नेपाल सहभागी हुने ।
४. नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने ।
५. पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिने लगायत विकल्प प्रयोग गर्ने ।
६. नेपाली इँटा व्यवसायीको दुई पक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।
७. नेपाल–चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने ।
८. नेपाल र मोरक्कोको दुई पक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने ।
९. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ।
१०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने ।
११. सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद तीन महिनाका लागि थप्ने ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports