२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय छानबीन समितिले आज अर्थ मन्त्रालयका उच्च तहका पदाधिकारीहरू सँग बयान लिने

871
shares

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्ने भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरु सँग छलफल लिने तयारीमा रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्।

समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने समितिका एक सदस्यले जानकारी दिएका छन् ।

शुक्रबार मन्त्रालयले बजेट निर्माण सम्बन्धी कागाजात र सीसीटीभीको फुटेझ समितिलाई बुझाएको उनले बताए। त्यस माथि आवश्यक छानबिन बाँकी छ। आज पाँचौँ दिन आज ११ बजे बैठक बस्दै छ। समितिलाई छानबिनका लागि १० दिनको समय तोकिएको छ ।

छानबिनमा सघाउने भन्दै जनार्दन शर्माले अर्थमन्त्री बाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports