२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपाका दुई जना केन्द्रीय सदस्य सहित ६९ जनाले पार्टी परित्याग

1.22K
shares

वीरगञ्ज ।जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्य सहित ६९ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंग बाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवं जगरथापुर गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयोजक राजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिन लगायतले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनीहरूले केही दिन अघि नै पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्ने तयारी गरेका थिए । तर वन मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पार्टीको केन्द्रीय समिति बैठक अघि पार्टी छोड्दा सन्देश राम्रो नजाने भन्दै रोकेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports