प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका उपरथी निर्मल थापा यूएन मिसनको फोर्स कमाण्डर नियुत्त

585
shares

काठमाडौं ।संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई फोर्स कमान्डर नियुक्त गर्नुभएको छ ।  यूएन महासचिव गुटेरेसले शुक्रवार थापालाई सिरिया र इजरायल बीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरुलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको हो ।

शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर नेपाली सेनाका रथी ईश्वर हमाल फर्किसक्नु भएको छ । अब हमालको स्थानमा थापाले कमाण्ड सम्हाल्नु हुनेछ । ‘यो नेपाल र नेपाली सेनाका लागि गर्वको कुरा हो । नेपाली सेनाले लामो समय देखि विश्व शान्तिको लागि योगदान गर्दै आइरहेको छ,’ उपरथी थापाले भन्नुभयो, ‘यो जिम्मेवारीले मलाई थप चुनौती थपिदिएको छ । जसले म इमान्दारिताका साथ पूरा गर्ने छु ।’ थापाले अहिले आफ्नो नियुक्तिका बारेमा मात्र थाहा भएको र कुन मिति बाट जिम्मेवारी सम्हाल्न जाने भन्ने विषयमा जानकारी आइनसकेको बताउनु भयो । फोर्स कमान्डरको जिम्मेवारी पहिलो पटक एक वर्षका लागि हुन्छ । त्यसपछि अर्को वर्ष पनि थप्ने प्रावधान रहेको छ ।

नेपाली सेनाले नेपाल सरकारको स्वीकृतिमा उपरथी थापालाई फोर्स कमान्डरका लागि स्वीकृति दिएको थियो । त्यही आधारमा सेनाले फोर्स कमान्डरको गृहकार्य अघि बढाएको हो । थापा हाल सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयका महानिर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । विश्व शान्तिका लागि सेना पठाउने देश मध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेनाका अनुसार बुधबार सम्म विश्वभरका विभिन्न ११ मिसनमा ५ हजार ५ सय ७० सैनिक शान्ति स्थापनाका लागि खटिएका छन् । नेपाल सन् १९५५ मा यूएनको सदस्य भएको थियो । त्यसपछि सन् १९५८ मा लेबनान र १९६६ मा भारत–पाकिस्तानमा ‘मिलिटरी अब्जर्भर’ र त्यसपछि सन् १९७४ मा इजिप्टको सिनाईमा शान्ति सैनिक फौज पठाएर नेपाली सेनाले विश्व सुरक्षाका लागि कदम अघि बढाएको हो । हालसम्म नेपाली सेनाले विभिन्न मुलुकका ४४ भन्दा बढी मिसनमा १ लाख ४० हजार ३ सय ५४ शान्ति सैनिक पठाइसकेको छ ।

सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, माली लगायत द्वन्द्वग्रस्त मुलुकमा नेपाली सैनिकले शान्ति स्थापनाका लागि काम गरेको छ । उपरथी थापाअघि फोर्स कमान्डरको जिम्मेवारी ६ सैनिक अधिकृतहरूले सम्हालिसकेका छन् । यसरी कमाण्ड सम्हाल्नेहरुमा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा तथा अन्य जर्नेलहरूमा बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा, पवनजंग थापा र ईश्वर हमाल हुनुहुन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports