२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले नै केपी ओलीलाई प्रधानमन्त्री बाट हटाएको हो : अध्यक्ष यादव

832
shares

काठमाडौं ।सत्तारुढ पाँच दलीय गठबन्धनका एक जना शीर्ष नेता उपेन्द्र यादवले भारतले नै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको खुलासा गर्नुभएको छ । नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष यादवले केपी ओलीलाई सत्ता बाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासा गर्नुभएको हो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले भूराजनीतिले ओलीलाई पूर्वप्रधानमन्त्री बनाइदिएको भन्दै भारतले हटाएको तथ्य खोल्नुभएको हो । ‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो ।

पूर्वप्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनुभएछ । यसमा भूराजनीतिक प्रभाव पनि छ,’ यादवले भन्नुभयो ।

यादवको यो भनाईले भारतले नै सर्वाेच्च अदालतलाई समेत प्रभावमा पारी परमादेश बाट ओली सरकार हटाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउन परमादेश जारी गर्नुका साथै पाँच दलीय गठबन्धन बनाइ दिएको पुष्टि भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports