kumari
stcnepal

बिलासी बस्तुको आयातमा प्रतिबन्ध फेरी भाद्र १४ गते सम्म थपियो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप एक महिना लम्बाएको छ ।

आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गते सम्मका लागि निरन्तरता दिएको हो । राजपत्रको नयाँ सूचना अनुसार अब १५० सीसी भन्दा माथिका मोटरसाइकल र ३०० सय डलर भन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।

यसअघि २५० सीसी भन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो । मन्त्रालयले गत वैशाख १३ गते सबै प्रकारका मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसी भन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेज लगायतका खाद्यान्न, हीरा, ६ सय डलर भन्दा महँगा मोबाइल सेट लगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभी पनि आयात प्रतिबन्धको सूचीमा छन्।

 

 

footer