तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक होलान् त तीन पुत्रहरु

507
shares

 

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो भाद्र महिनामा गर्ने निर्णय भएपश्चात् सभापतिका दाबेदारहरुको ताँती लाग्न थालेको छ । कांग्रेसका संस्थापक नेता विशेश्वर कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका कान्छा पुत्रहरु अहिले सभापति शेर बहादुर देउवाको हातबाट नेतृतव आफ्नो हातमा लिन सक्रिय भएका छन् । वीपीका पुत्र शशांक कोइराला, गणेशमानका पुत्र प्रकाशमान सिंह र महेन्द्र नारायण निधिका पुत्र विमलेन्द्र निधिबीचमा प्रायः दिनहुँ छलफल गरिरहेका छन् । उनीहरुले जसरी भएपनि पार्टीको नेतृत्व आफ्नो पक्षमा पार्ने रणनीतिका साथ अघि बढ्ने रणनीति लिएका हुनाले सभापति देउवालाई संकट परेको छ ।
पार्टीले १३ औं महाधिवेशनमा सभापति देउवगालाई सघाएका विमलेन्द्र निधि यसपटक आफैँ सभापतिको उम्मेदवार बन्ने घोषणा गरेर नेता तथा कार्यकर्ताहरुसँग छलफल गरिरहेका छन् । संस्थापन इतर पक्षबाट धेरै उम्मेदवार भएको खण्डमा देउवाले नै चुनाव जित्ने आंकलन गरेर संस्थापन इतर पक्षका नेताहरु सर्वसम्मत रुपमा एक जनामात्र उम्मेदवार बन्नुपर्ने भन्दै त्यही रणनीतिका पक्षमा लागेका भएपनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत आफैँ सभापतिको उम्मेदवार बन्ने भन्दै कोइराला सिंह र निधिलाई आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । निधिले केही समय अघि देउवाले आफूँलाई सभापतिको उम्मेदवार बनाउँछन् कि भन्ने आशा गरेका भएपनि देउवाले पुनः आफूँ नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपश्चात् निधि देउवासँग रुष्ट भएका छन् । त्यही कारणले गर्दा उनले संस्थापन इतर पक्षका नेताहरुसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् । कोइराला परिवारको विरासत रहेका पार्टीका महामन्त्री डा. शशांक कोइरालापनि सभापतिका दाबेदार रहेका छन् । शशांकमा बीपीको बलियो विरासत रहेको छ । संसदीय निर्वाचनमा उनी अहिलेसम्म पराजित भएका छैनन् । त्यसैलाई आधार देखाएर उनी आफूले सभापति देउवालाई पराजित गर्न सक्ने भन्दै सभापतिको दाबी गरिरहेका छन् । त्यसै क्रममा प्रकाशमान सिंहले पनि पटक पटक आफू उपप्रधानमन्त्री, मन्त्री बनेको र आफू निर्वाचित महामन्त्री समेत बनेको हुनाले आफ्नो देशभर संगठन भएकाले आफूले नै सभापति देउवालाई पराजित गर्न सक्ने भन्दै अन्य नेताहरुलाई आफूलाई सघाउन आग्रह गरिरहेका भएपनि अहिलेसम्म एक मत हुन सकेको छैन । संस्थापन पक्षबाट धेरै उम्मेदवार बनेको खण्डमा देउवा र अन्य सभापतिका उम्मेदवारहरुले पहिलो चरणको निर्वाचन ५१ प्रतिशत मत ल्याउन नसक्ने अवस्थामा कांग्रेसमा आउन सक्ने देखिन्छ । कांग्रेसको नेतृत्व कस्को हातमा पर्ने हो त्यो भने अहिले टुँगो लाग्न सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports