प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च

624
shares

काठमाडौं ।ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरी देखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।

गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डल बाट ठूलो मात्रामा हरित गृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन र कार्बनडाइअक्साइड चक्रमा अमेजनले महत्वपूर्ण भूमिका खेल्छ । वातावरणविदहरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघि सरकारले ल्याएका वातावरण संरक्षण नीति उल्ट्याएका छन् ।

ब्राजिलको वातावरण मन्त्रालयले वातावरणीय अपराध विरुद्ध लड्न बाध्य भएको जनाएको छ । अमेजन संसारको सबैभन्दा ठूलो वर्षावन हो । उक्त क्षेत्रमा रुखहरू काठ र बाली लगाउन काटिन्छन् । यहाँको उत्पादन विश्वव्यापी खाद्य कम्पनीमा आपूर्ति हुन्छ । उच्च स्तरको वन फँडानीले आगलागीलाई बढावा दिएको अक्सफोर्ड युनिभर्सिटीका डा मानोएला मचाडो बताउँछन् ।एजेन्सी

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports