प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका चार नेताले राजेन्द्र लिङदेनको दादागिरी नसहने भन्दै पार्टी छोडे

923
shares

काठमाडौं ।पूर्वपञ्चहरुको पार्टी राप्रपाका उपल्लो तहका चार नेताले पार्टी छाडेका छन् । अध्यक्ष राजेन्द्र लिङदेन निरंकुश र सर्वसत्तावादी बाटोमा हिँडेको भन्दै उनीहरुले आज संयुक्त विज्ञप्ति निकालेर साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरूमा पूर्वमन्त्री समेत रहेका दिलनाथ गिरी, श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारी छन् । उनीहरुले पार्टीमा आन्तरिक प्रजातन्त्रको चीरहरण भएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर बस्न सक्ने अवस्था नभएपछि पार्टी छाड्न बाध्य भएको उल्लेख गरेका छन् ।

‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निमाण गर्ने सोचका साथ अघि बढेका थियौँ । आगामी संघीय निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने, दृढ संकल्प अनुसार फराकिलो ढंगले अघि बढाउन पार्टी बाहिर छरिएर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई एउटै धारमा खडा गरि राप्रपालाई मूलधार बनाउने सत्प्रयास थियो । त्यहिअनुरुप संवादको वातावरण बनाउन खोज्दा पार्टी नेतृत्वको अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लाञ्छना लगाउँदै अपराधी झैँ करार गरि अपमानित गर्ने दुष्प्रयास भयो’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘जुन एउटा विधि, पद्धति, र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीको निमित्त स्वीकार्य हुनसक्ने विषय थिएन ।’

उनीहरूले मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा निरन्तर क्रियाशील रही रहने प्रतिबद्धता पनि जनाएका छन् । यसअघि नेतृत्व विरुद्ध गुटबन्दी गरेको भन्दै अध्यक्ष लिङदेनले चारै जनालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेका थिए । तर, उक्त आरोपको खण्डन गरेका उनीहरुले वक्तव्य निकालेर स्पष्टीकरण दिन अस्वीकार गर्नुका साथै अध्यक्ष लिङदेन माथि दर्जनौँ आरोप लगाएका थिए । त्यसअघि श्याम तिमिल्सिनाले हाल अभ्यासमा रहेको राप्रपाको विधान महाधिवेशन बाट पारित नभएको दाबी गर्दै खारेजीको माग सहित निर्वाचन आयोगमा लिखित उजुरी हालेका थिए । त्यस लगत्तै लिङदेनले कारवाही स्वरूप स्पष्टीकरण सोधेपछि उनीहरुले आज पार्टी छाडेका हुन् । आजै राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports