पुग्ला त भ्यागुताको धार्नी
वि.सं.२०७९ साउन ३ मंगलवार १८:११
shares

काठमाडौं ।समाजवादी केन्द्र निर्माण बारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबार स्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।
बैठकमा माओवादी केन्द्र बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादी बाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।संघीय चुनाव नजिकिँदै जाँदा हालको सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अभ्यासमा नेताहरु जुटेका छन् ।
मंगलबार माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुराम भट्टराई बीच भेट भएको थियो । उक्त भेटमा पनि समाजवादी केन्द्र बनाएर चुनावमा जाने बारे छलफल भएको नेताहरुले बताएका छन् ।



































