दुई सचिवको चुपचाप सरूवा
वि.सं.२०७९ साउन ४ बुधवार ०७:३२
shares

काठमाडौं । सरकारले दुइ सचिवको गुपचुपमा नै सरुवा गरेको छ । असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा सचिवमा सरुवा गरेको हो भने मन्त्रालयमा शिक्षा सचिवको जिम्मेवारीमा रहेका यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा थन्क्याएको हो ।
उक्त निर्णय असार ३१ गते नै भएको भए पनि यस निर्णय बारे मन्त्री नै बेखवर भेटिए । एक मन्त्रीले भने, ‘खै मैले पनि त्यस्तै सुने त्यो दिनको बैठकमा त्यस्तो प्रस्ताव आएको र निर्णय भएको त मलाई जानकारी भएन । तर यादवप्रसाद कोइरालालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको भन्ने गाइगुई सुने ।’ सरकारले सचिवको निर्णय लुकाउने गरेको छ । यद्यपी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा भने सरुवा भएको देखिएको छ ।






































