आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छ कार्यसूची
वि.सं.२०७९ साउन ४ बुधवार ०७:२९
shares

काठमाडौं ।संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालय बाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने लगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।






































