प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुनै उम्मेदवार हार्दा एमाले हार्ने भन्दै उनले व्यक्तिगत अहम् छाड्नुपर्छ : ओली

754
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव राम्रो नभएको बताएका छन् । टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछौं भन्ने नाराको व्यापक उल्लंघन भएको उनले बताए । बुधबार काठमाडौंमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले अध्यक्ष ओलीले टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछु भन्ने नारा सही भएको बताए । उनले अघि भने, ‘व्यवहारमा चाहिँ उल्टो भयो, पाए जित्छु, नपाए हराउँछु भन्ने भयो ।’

कुनै उम्मेदवार हार्दा एमाले हार्ने भन्दै उनले व्यक्तिगत अहम् छाड्नुपर्ने बताए । उनले अघि भने, ‘सानातिना कुरामा अल्झिने होइन, हाम्रा महान अभिभारा पुरा गर्न एमाले एकढिक्का हुन्छ, एक ढिक्का हुनुपर्छ ।’ ओलीले यति भन्दा हलमा परर ताली बज्यो । तर ओली असन्तुष्ट देखिए । ओलीले भने, ताली थोरैले बजाउनुभयो ।’ ओलीले अघि भने, ‘(टेबुल ठोक्दै) नेकपा एमाले एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाँधा व्यवधान सँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ ।’

अघिल्लो पटक भन्दा अली ताली बज्यो । तर ओली अझै पनि सन्तुष्ट देखिएनन् । उनले प्रश्न गरे, ‘यसमा हामी सबै प्रतिवद्ध छौं नि होइन ?’ हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’यसपटक अली जोडले ताली बज्यो । तर ओलीले भने, ‘अझै साथीहरु ताली बजाइराख्नु भाछैन । हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’ त्यसपछि भने जोडले ताली बज्यो ।ओलीले स्थानीय चुनावमा जस्तो कुनै हालतमा हुन नदिने आफूहरुको संकल्प भएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports