एमाले सँग लड्नका लागि कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको शंकर पोखरेलको आरोप
वि.सं.२०७९ साउन ४ बुधवार १५:३६
shares

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको आरोप लगाएका छन् । काठमाडौंमा पत्रकारहरु सँगको भेटघाटमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा कमजोर देखाउन कांग्रेस र अन्य दलले मिलेर काम गरिरहेको आरोप लगाए ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा पनि एमालेको लोकप्रिय मत बढेको दाबी उनले गरे । ‘पहिला हामीले ३३ प्रतिशत मत पाएका थियौं,’ पोखरेलले भने, ‘उनीहरु मिलेर लडेको चुनावमा हामीले ३४ प्रतशित मत पायौं ।’
पोखरेलले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार असंसदीय र निर्दलीय भएको आरोप पनि लगाए । एमालेले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएकोले फिर्ता गरेको तर अहिले देउवाले संसदीय मर्म नै नराखी त्यस सम्बन्धी विधेयक ल्याएको आरोप उनले लगाए ।
एमाले महासचिव पोखरेलले जनार्दन शर्मा अर्थमन्त्री भएपछि देशको अर्थतन्त्र नै ध्वस्त भएको र विदेशी मुद्राको सञ्चिती घटेको आरोप पनि लगाए ।






































