२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा बिपक्षि दलहरूले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए

845
shares

काठमाडौं ।भारतमा विपक्षी दलहरूको तर्फ बाट उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएको छ । त्यहाँको निर्वाचन आयोगले मार्गरेट अल्भाको उम्मेदवारी दर्ता भएको पुष्टि गरेको छ । उनलाई विपक्षी दलहरूको समर्थन रहेको एएनआईले जनाएको छ । अल्भाले उम्मेदवारी दर्ता गर्ने बेलामा कांग्रेसका पूर्व अध्यक्ष तथा सांसद राहुल गान्धी, नेता माल्लिकार्जुन खड्गे, एनपीसी प्रमुख शरद पावर लगायतका विपक्षी दलका नेताहरूको उपस्थिति रहेको थियो ।

राजस्थानका पूर्व गभर्नर तथा पूर्व केन्द्रीय मन्त्री अल्भालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय विपक्षी दलहरूले आइतबार गरेका हुन् । विपक्षी दलहरूले आफूहरूको साझा उम्मेदवारको रुपमा उनलाई अगाडि सारिएको बताएका छन् । अल्भालाई उम्मेदवार बनाउने बारेमा विपक्षी पार्टीहरूका बीचमा कुनै विवाद नभएको र उनी सर्वसम्मत उम्मेदवार भएको नेता पवारको भनाइ छ । उपराष्ट्रपतिका लागि विपक्षीहरूको साझा उम्मेदवार छनौट गर्न उनकै निवासमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

आगामी अगस्ट ६ मा हुने उपराष्ट्रपति चयनको निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको थियो । वर्तमान उपराष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports