भारी वर्षा भएपछि पहिरोले मेलम्ची हेलम्बु सडक अवरूद्ध
वि.सं.२०७९ साउन ५ बिहीवार ०८:२१
shares

सिन्धुपाल्चोक ।गए रातिको वर्षा सँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडक खण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए । गए राति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुम लगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।
गए राति सिन्धुपाल्चोकको मेलम्ची खोला स्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।





































