राप्रपा त्यागेका गिरी सहितका नेताहरू राप्रपा नेपालमा प्रवेश
वि.सं.२०७९ साउन ५ बिहीवार १६:२५
shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका दिलनाथ गिरी लगायतका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रवेश गरेका छन् । स्पष्टीकरण सोधिएपछि राप्रपा परित्याग गरेका गिरी सहितका चार नेताहरू राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सँग मतभेद बढेका चार नेतालाई राप्रपाले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरण नदिई पार्टी परित्यागको घोषणा गरेका थिए ।
पार्टी परित्याग गरेका गिरी सहित दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमिल्सिना र राजाराम श्रेष्ठलाई बिहीवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका हुन् । त्यसैगरी राप्रपाका तत्कालीन खेलकुद विभाग प्रमुख दमन बस्नेत पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।





































