२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रावण १६ गते एमालेले महङी बिरूद्ध वृहत प्रदर्शन गर्ने

1.04K
shares

काठमाडौं। नेकपा (एमाले)ले पछिल्लो समय बढेको चर्को महंगी विरुद्ध जनप्रदर्शन गर्ने भएको छ । एमालेले सर्वसाधारणको चुलो बल्नै नसक्ने गरी भएको महंगी विरुद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । जसका लागि एमालेले आफ्ना सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका अध्यक्ष तथा प्रचार विभाग प्रमुखहरुको भेलामा महंगी र सरकारी बेथिती विरुद्ध प्रदर्शनका लागि तयार रहन निर्देशन दिएका हुन् । एमालेले सरकारका बेथिति तथा महंगी विरुद्ध साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरिसकेको छ । प्रदर्शनलाई प्रभावकारी बनाउन आवश्यक सवै तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।

बैठकमा महासचिव पोखरेलले महङ्गी विरूद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने बताए । जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डा सहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरिएको छ ।

साउन १६ गते २ बजे बशन्तपुरमा भेला भई बृहत प्रदर्शन गर्ने एमालेको योजना रहेको छ । बैठकमा महासचिव पोखरेलले छिटो भन्दा छिटो उपत्यका स्तरीय भेला गरी प्रदर्शनमा आफ्नो पहिचानसहित उपस्थितीको संख्या तय गर्न निर्देशन दिएका छन् । आजको बैठकमा उपमहासचिव बिष्णु रिमाल समेत सहभागी भएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports