नागरिकता विधेयक आज संसद बाट पारित गराउने तयारी
वि.सं.२०७९ साउन ६ शुक्रवार ०७:४०
shares

काठमाडौँ – सरकारले आज नागरिकता विधेयक संसद बाट पारित गर्ने भएको छ।
संसद सचिवालयले सार्वजनिक गरेको आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरिने उल्लेख छ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल हुनेछ । छलफलपछि विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन्। यो विधेयक संसदीय समितिमा नपठाई संसद बाटै पारित गर्ने सरकारको तयारी छ।



































