kumari
stcnepal

राष्ट्र बैकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ ।

मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् । समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थापन समितिले पारित गरिसकेको छ।

गभर्नर महाप्रसाद अधिकारीले हिजो (बिहीबार) अर्थ मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरेका थिए । राजनीतिक र आर्थिक दबाबका बीच गभर्नर अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति ल्याउन लागेका हुन्। बजेट आएको १०-१५ दिनमा आउनुपर्ने मौद्रिक नीति यसपटक राष्ट्र बैंक र अर्थ मन्त्रालय बीचको टसलका कारण केही ढिलाइ भएको छ ।

 

 

footer