kumari
stcnepal

नितिगत ब्याजदर १.५ प्रतिशतले बढ्यो

काठमाडौं ।नेपाल राष्ट्र बैंकले नीतिगत व्याजदर १.५ प्रतिशतले बढाएको छ । मौदि्क नीति मार्फत अन्तिम ऋणदाता सुविधा रुपमा रहेको बैंकदर कोभिड सँगै १६ चैत २०७६ मा ६ प्रतिशत बाट ५ प्रतिशत कायम गरिएकोमा गत आवको मौदि्रक नीति अर्ध वाषिर्क समिक्षा बाट ७ प्रतिशत पुर्याएको थियो । अब त्यसलाई बढाएर साढे ८ प्रतिशत प्रतिशत पुर्‍याएको छ ।

यस्तै स्थायी तरलता सुविधा दर, निक्षेप संकलन दर र रिपोदर पनि वृद्धि गरेको छ । रिपो दर ७ प्रतिशत र निक्षेप संकलन दर ५.५ प्रतिशतमा पुर्‍याइएको छ । स्थायी तरलता सुविधा दर भने ८.५ प्रतिशत पुगेको छ । २०७६ चैत बाट ६ प्रतिशत रहेको ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ५ प्रतिशतमा झारेकेा थियो ।

गत मौदि्रक नीतिको अर्धवाषिर्क समिक्षा बाट ७ प्रतिशत पुयाएको थियो । करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपोदर ३.५ प्रतिशतबाट बढाएर ४ प्रतिशत र ५.५ प्रतिशत पुयाएको थियो ।

 

 

footer