kumari
stcnepal

धर्म गुम्यो, भाषा गुम्दैछ तर हामी किन मौन ?

 

संविधान सभावाट २०७२ सालमा निमार्ण नै लागु भएको संविधान निर्विवादित हुन सकेन । २०६२÷६३ सालको आन्दोलन र त्यस अघि भएका आन्दोलनहरुमा समेत जनताले उठाउदै नउठाएका विषयहरुलाई जर्वजस्ती संविधानमा राखिएको कारणले गर्दा त्यस्को विरोध भईरहेको छ । संविधान निमार्ण गर्न पहिलो संविधानसभा असफल सावित भयो । दोस्रो संविधानसभा मात्र संविधान निमार्ण गर्न सफल भएको भएपनि सर्वस्वीकार्य संविधान निमार्ण नगरिएको हुनाले संविधान लागु नहुदै त्यस्को विरोध हुदै आएको र अहिले पनि यस्को विरोध भइरहेको छ । खास गरेर जनताको मतै नलिई मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो भने जर्वजस्र्ती रुपमा मुलुकमा संघियता कायम गरीयो । हाम्रो जस्तो सानो मुलुकको लागि संधियता आवश्यक थियो कि थिएन भनेर कहिल्यै त्यस विषयमा छलफल र वहसै चलाइएन भने जनताको अभिमत सम्म नलिई संघियता लागु गरिएको हुनाले त्यस्को विरोध भईरहेको छ ।
पछिल्लो समयमा राजनितिक दलहरुनै संघियता र धर्मनिरपेक्षताको विरोधमा आवाज उठाउन थालेको छ । आफुलाई लोकतन्त्रको मसीया ठाने नेपाी काग्रेसमा समेत ठुलो जमात धर्मनिरपेक्षताको विरोधमा रहेको छ भने काग्रेसको १३ औँ महाधिववेशन मै त्यस विषयमा कुरा उठेको र काग्रेसका बहमत महाधिवेशक समितिका सदस्यहरुले हस्ताक्षर नै गरी सभापतिलाई बुझाएका थिए तर कागे्रसको नेतृत्वले हस्ताक्षरलाई वेवास्ता गर्दै महाधिवेशनमा त्यस विषयमा छलफल र वहससम्म पनि नचलाएको हुनाले काग्रेसको आउदो भाद्र महिनामा हुने भनिएको १४ औँ महाधिवेशनमा समेत त्यस विषयमा वलियो आवाज उठाउने काग्रेसकै नेताहरुले वताईरहेका छन् । सत्ताधारीदल नेकपा एमाले भित्रपनि पछिल्लो समयमा त्यस विषयमा आवाज उठ्न थालेको छ । नेकपा एमालेका प्रभावशाली नेताहरुले नै पछिल्लो समयमा संघीयता र धर्मनिरपेक्षताका विषयमा पार्टी भीत्र समिक्षा गर्नुपर्ने आवाज उठाएका छन् । वेला वखतमा नेकपा एमालेका अध्यक्ष एव् प्रधानमन्त्री केपी ओलीले समेत संघियताका विषयमा र प्रदेशहरुका विषयमा समेत प्रश्न उठाउदै आएका छन् ।

नेपाल जस्तो सानो मुलुक र हिन्दुराष्ट्र भएकोले गर्दा विश्वजगतलाई चिनाउनका लागि पनि नेपाल हिन्दुराष्ट्र नै कायम हुनु आवश्यक छ । विश्का धेरै मुलुकहरु मुस्लिम ईसाइ राष्ट्र रहेका छन् तर विश्वमा नेपालमात्र एक हिन्दुराष्ट्र हो र यहाँ वसोवास गर्ने मानिहरुले समेत झण्डै ९२ प्रतिशतले हिन्दुधर्मलाई स्वीकार गरेका हुनाले हिन्दुधर्मलम्विहरुको पहिचान मेटाउनैका लागि मुुुुुुुुुुुुुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरीएको थियो ।लोकतान्त्रिक पद्धती अनुसार वहुसख्यक जनताको भावना समेटिनु पर्दछ । असली लोकतन्त्र भनेको त्यही हो । राज्य सञ्चालन पनि बहुमतकै आधारमा हुनुपर्ने र अल्पमतको समेत कदर हुनु पर्ने विश्वव्यापी सिद्धान्तलाई संविधान निमार्ण गर्दा वेवास्ता गरिएको हुनाले संविधानको विरोध हुदै आएको हो ।

वहुसंख्यक जनताको भावना विपरित लादिएको धर्मनिरपेक्षतालाई अव खारेज गरी नेपाललाई हिन्दुराष्ट्र नै कायम गरिनु उपयुक्त हुनेछ । विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाललाई वनाउन सकिएको खण्डमा र विश्वका रहेका १ अर्व २५ करोड हिन्दुधर्मलम्विहरुको नेपाल हिन्दुहरुको पवित्र भुमि हो । श्री पशुपतिनाथको देश नेपाल हो भनेर विश्वमै प्रचार प्रसार गर्न सकिएको खण्डमा र विश्वका हिन्दुधर्मलम्विहरुले एकपटक नेपालको भ्रमण गरी पुण्य कमाउन सकिन्छ भने मान्यतालाई विश्वभरमा फैलाउन सकेको खण्डमा नेपालको विकास हुन कुनै समय लाग्दैन जसरी मुस्लिमहरुको पवित्र तिर्थस्थल मक्का मजिना रहेको छ ,त्यसैगरी हिन्दुहरुको पवित्र तिर्थस्थल नेपाल नै हो भन्ने प्रचार प्रसार गराउन सकेको खण्डमा नेपाल र नेपाली जनताको शान विश्वभरमै फैलिन सक्छ । त्यस कारणले गर्दा संविधान संशोधन गरेर पहिला संविधान निमार्ण गर्दा गरेको गल्ति सुधार गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गरिनु उपयुक्त हुनेछ ।
संविधान निमार्ण गर्दा केही राजनितिक दल र तिनका नेताहरु पश्चिमा मुलुकवाट प्रभावित भएर नेपाल र नेपाली जनताको आस्था एव् विश्वास माथी घात गरेका थिए ।

त्यही कारणले हिन्दुधर्ममाथी आस्था राख्ने ९२ प्रतिशत भन्दा बढी जनतामाथी घात गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । त्यही कारण पछिल्लो समयमा धर्मपरिर्वतन गराउने क्रम चलेको छ । क्रिस्चियन प्रभुले दिनप्रतिदिन सोझा साझा नेपाली जनतालाई आर्थिक प्रलोभनमा पारेर धर्मपरिवर्तन गराईरहका छन् । पहिला धर्म माथी प्रहार गरियो अहिले नेपाली भाषामाथी फेरि प्रहार गरिदै आएको छ । नेपाली भाषा हामी नेपाली जनताको प्राण हो । प्राणमाथी अहिले प्रहार गीरएको छ । सवारीका साधनहरुमा इम्वोस नम्वर राख्ने नाममा गाडीहरुमा नेपाली अक्षरको सट्टा अग्रेजी अक्षर राख्नु पर्ने व्यवस्था गरिएको छ ।

इम्वोस नम्वर राख्ने जिम्मा विदेशीहरुलाई दिएको हुनाले उनीहरुले हाम्रा सबै सूचना सहज रुपमा पाउने भएका छन् यो पनि नेपाली जनता माथीको अर्को प्रहार हो घात हो यसरी क्रमश नेपाली जनतालाई अल्पमतमा पारेर हामीलाई विदेशीहरुले दास वनाउने रणनिति लिएकाहुनाले जनतामाथी घात गर्दै आएका हुनाले अव सम्पुर्ण स्वाभिमानी नेपाली जनता त्यस्को विरोधमा उत्रिन वाहेक अर्को कुनै विकल्प देखिदैन् ।
आफ्नो धर्म, भाषा, संस्कृति हामीले वचाउन सकेनौ भने आउदो पुस्ताले हामीलाई सराप्ने मात्र होइन देश नै नरहने अवस्थाा आउन सक्छ । जसरी सिकिम्मे जनताले आफ्नो राष्ट्र गुमाए त्यसैगरी हामीले पनि गुमाउनु पर्ने अवस्था आउन सक्छ । त्यहीकारणले गर्दा अव सम्र्पूण जनता एक भएर आफ्नो धर्म, भाषा, संस्कृति वचाउन सर्घषको मैदानमा आउनुवाहेक अर्को विकल्प छैन भने हामीले ठानेका छौ ।

footer