kumari
stcnepal

प्रभु बैकको नाफामा उल्लेखनीय सुधार, खराव कर्जा घट्यो

काठमाडौं ।प्रभ बैंकले गत वर्ष २ अर्ब ६० करोड ३९ लाख ९७ हजार नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको हो । अघिल्लो आवको असार मसान्तमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

एक वर्षको अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँ बाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ६० करोड ३२ लाख ७६ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

१२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ रहेको छ । १ खर्ब ७८ करोड ६५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.६८ प्रतिशत बाट घटेर १.२० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।

 

 

footer