नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसद बाट पारित गरिएको भन्दै शंकर पोखरेलको आलोचना

728
shares

सुर्खेत ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसद बाट पारित गरिएको भन्दै आलोचना गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’

विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फ बाट भएको र प्रचण्ड भारत बाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको पोखरेलले बताए । नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ ।

‘नेपाली चेलीहरुले जुन अधिकार भारत बाट प्राप्त गरेका छन्, त्यो भन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने । नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी पनि महासचिव पोखरेलले दिए ।

महासचिव पोखरेलले गठबन्धन र प्रधानमन्त्रीका लागि सत्तारुढ दलका नेताहरु विदेश धाउन थालेको भन्दै यो लज्जाको विषय भएको टिप्पणी गरे । सत्ता गठबन्धन पूर्णरुपले असफल भएको र स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको उनले दाबी गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports