२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दैलेखमा चट्याङ लागेर १५ जना घाईते

1.04K
shares

काठमाडौं ।द‌ैलेखमा चट्याङ लागेर १५ जना घाइते भएका छन्। आइतबार बेलुका डुंगेश्वर गाउँपालिका-२ सेर्माकोट स्थित रमेश सिंहको घरमा चट्याङ लागेको थियो। घरमा खाजा खाने क्रममा बारीमा कोदो गोड्न सहयोग गर्न गएकाहरू घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएको छ। चट्याङ बाट गाउँका चार वटा घरमा क्षति पुगेको छ भने एक गाई र एक खसी मरेका छन्। घाइते मध्ये पाँच जना गम्भीर भएको र अरू सामान्य भएको प्रहरीले जनाएको छ। दैलेख डुंगेश्वर गाउँपालिका-२ का ३५ वर्षीय इन्द्र सिंह, ६० वर्षीया शुशीला खड्का, ४० वर्षीया चन्द्रा सिंह, २८ वर्षीया चन्द्रा सिंह र १६ वर्षीया पूजा खड्का गम्भीर घाइते भएका छन्।

सोही ठाउँका ३६ वर्षीया सिता खड्का, २२ वर्षीया मिना खड्का, २२ वर्षीया दिलकुमारी खड्का, २० वर्षीया बिना वली, ४५ वर्षीया नर्मा खड्का, ११ वर्षीया दुर्गा खड्का, १० वर्षीया सन्ध्या खड्का, २१ वर्षीया सिता सिंह, १६ वर्षीया बसन्ती सिंह र ४३ वर्षीय सम्मान गाहा सामान्य घाइते भएका हुन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports