२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरीले छानविन समितिलाई बुझायो सिसिटीभी हार्डडिस्कको रिपार्ट

923
shares

काठमाडौं । नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ । समितिलाई उक्त रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले पुष्टि गरेका छन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालय बाट सीसीटीभी फुटेज माग गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जवाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।


बजेट सार्वजनिकको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिएका थिए ।

अर्थमन्त्री शर्मा माथि छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको छ । सुरूमा १० दिनको म्याद दिइएकोमा बिहीबार पुन: ७ दिनको म्याद थपिएको थियो । तर, समितिले सरोकारवाला सँग बयान लिएपनि ठोस प्रमाण भने भेटेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports