मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको छ : सभामुख सापकोटा
वि.सं.२०७९ साउन ९ सोमवार १६:४५
shares

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले काठमाडौं र धरान बाट युवाको आवाज बुलन्द हुन थालेको बताएका हुन् ।
‘…युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रो सँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ’ उनले भने ।
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।





































