linktrix Long Ad
Salt Trading Long Ad

प्रेस सेन्टर नेपालमा ६१ सदस्यीय पदाधिकारी चयन

1.37K
shares

काठमाडौं ।माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लागेको छ । यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा मात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।

१४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा हिजो (शुक्रबार)देखि जारी केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । यसैगरी १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव पनि चयन भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports