प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाबुराम भट्टराईको नयाँ पार्टीमा पनि भट्टराई संघीय अध्यक्षको पदमा रहने, अन्य दुई अध्यक्ष हुने

572
shares

काठमाडौं ।डा.बाबुराम भट्टराईले गठन गर्ने नेपाल समाजवादी पार्टीमा पनि उनले संघीय परिषद अध्यक्षकै भूमिका निर्वाह गर्ने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दुई जना अध्यक्षमा महिन्द्र राय यादव र गंगा श्रेष्ठ रहने भएका छन् । अन्य पदाधिकारीको विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । यद्यपि भट्टराई भने संघीय परिषद अध्यक्षकै भूमिकामा रहने स्रोत बताउँछ ।

अध्यक्षमा खस आर्य, मधेसी र जनजाति गरी क्लष्टर मिलाइएको छ । महिन्द्र राय यादवलाई कार्यकारी अध्यक्ष दिए पनि विशेष अधिकार बाबुराम भट्टराईले नै राख्ने स्रोतले जनाएको छ । अधिकार बाँडफाँटको टुङ्गो भने लागेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports