भोली १२ गते देखी काठमाडौको फोहर उठाइने
वि.सं.२०७९ साउन ११ बुधवार १५:०२
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाले भोलि देखि फोहोर संकलन गर्ने भएको छ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो।
‘भोलि १२ गते बिहीबार बिहान ६ बजे देखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचना मार्फत महानगरबासीमा अनुरोध गरिएको छ’, महानगरद्वारा जारी सूचनामा भनिएको छ। उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्ड अन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो।
त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसाय बाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिलसमेत गरेको थियो । महानगरले घर, पसल, व्यवसाय बाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध समेत गरेको थियो। अब भोलि बाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरू हुने महानगरले जानकारी दिएको छ।




































