उच्च अदालतको न्यायाधिसका लागि पहिलो पटक दरखास्त आह्वान
वि.सं.२०७९ साउन ११ बुधवार १५:०८
shares

काठमाडाैँ- न्याय परिषदले उच्च अदालतकाे न्यायाधीशका लागि दरखास्त आह्वान गरेकाे छ।न्याय परिषद सचिवालयले सूचना प्रकाशित गरी २७ पदसंख्याका लागि दरखास्त आह्वान गरेकाे हाे। सूचना प्रकाशित भएकाे १० दिन भित्र याेग्यता पुगेका इच्छुक व्यक्तिले न्यायपरिषद सचिवालयमा निवेदन दिनुपर्नेछ।
‘इच्छुक व्यक्तिले कम्तीमा एक सय फैसला वा अन्तिम आदेशको प्रतिलिपि र तीन वर्षको कानुन व्यवसाय बाट आर्जित आयमा तिरेको कर सम्बन्धी विवरण र कानुनको अध्यापन, अन्वेषण वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा काम गरेको व्यक्तिको हकमा विषयवस्तुको ज्ञान, पेशागत तथा नैतिक आचरण, सार्वजनिक जीवनमा निजले आर्जन गरेको ख्याति, कानुन र न्यायको क्षेत्र सँग सम्बन्धित विषयमा प्रकाशित कम्तीमा दश वटा अनुसन्धानमूलक लेख तथा रचना आवेदन साथमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ’ भनी सूचनामा उल्लेख गरिएकाे छ।




































