kumari
stcnepal

कुन बैंकले कति नाफा कमाए, हेर्नुहोस तालिका

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंक मध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेका मध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् ।

अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २०७७/७८ मा यो बैंकले १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यद्यपि, नाफाको आकारमा भने यस पटक पनि ग्लोबल आईएमई बैंक नै शीर्ष स्थानमा छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २५ प्रतिशत नाफा वृद्धि गर्दै ५ अर्ब २० करोडभन्दा बढी आर्जन गरेको छ । २०७८ साउन मसान्तदेखि २०७९ असार मसान्तसम्म बैंकले कुल ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकको नाफामा भने यस वर्ष १.०७ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ मै २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ कमाएको बैंकले आर्थिक वर्षमा ६ करोड ४९ लाख १२ हजार रुपैयाँले नाफा गुमाउँदै २ अर्ब २५ करोड २९ लाख ९ हजार रुपैयाँमात्र कमाउन सकेको हो ।

footer