प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुन बैंकले कति नाफा कमाए, हेर्नुहोस तालिका

741
shares

हालसम्म एक दर्जन बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कुल २६ वाणिज्य बैंक मध्ये १२ वटाले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् । रिपोर्ट सार्वजनिक गरेका मध्ये सानिमा बैंकको नाफामा ब्रेक लागेको छ भने बाँकी ११ वटा बैंकले नाफा कमाएका छन् ।

अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी ६२.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत वर्ष २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २०७७/७८ मा यो बैंकले १ अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यद्यपि, नाफाको आकारमा भने यस पटक पनि ग्लोबल आईएमई बैंक नै शीर्ष स्थानमा छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २५ प्रतिशत नाफा वृद्धि गर्दै ५ अर्ब २० करोडभन्दा बढी आर्जन गरेको छ । २०७८ साउन मसान्तदेखि २०७९ असार मसान्तसम्म बैंकले कुल ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकको नाफामा भने यस वर्ष १.०७ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ मै २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ कमाएको बैंकले आर्थिक वर्षमा ६ करोड ४९ लाख १२ हजार रुपैयाँले नाफा गुमाउँदै २ अर्ब २५ करोड २९ लाख ९ हजार रुपैयाँमात्र कमाउन सकेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports