विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चन्द्रागिरि गोदाम चौरमा आतंक मच्चाएको भन्दै एउटा राँगोलाई गोली हानी मारियो

676
shares

काठमाडौं ।काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको भन्दै एउटा राँगोलाई गोली हानी मारिएको छ । आज बिहान साढे ७ बजे तिर राँगो मारिएको हो ।

थानकोट प्रहरीका अनुसार नेपालगञ्ज बाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो । सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो । ‘करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिर्यो । त्यो कम्पाउण्डमा छिरेको पनि चार घण्टापछि गोली हानेर मारियो,’ थानकोट प्रहरीका डिएसपीले भने ।

प्रहरीका अनुसार राँगोले कसैलाई घाइते भने बनाएको थिएन । तर मानवीय क्षति पुर्याउन सक्ने सम्भावना देखिएपछि मार्नु परेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports