प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झापामा एमाले अध्यक्ष ओलीको गर्जन, संध र प्रदेश सभाको निर्वाचनमा एमालेले नजिते देश बर्वादीको बाटोमा जान्छ

858
shares

झापा ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झनै बर्बादी तर्फ धकेलिने तथ्य औंल्याउनु भएको छ । तीन दिने गृहजिल्ला भ्रमणमा आउनु भएका एमाले अध्यक्ष ओलीले गठबन्धनले गरेको ज्याद्धती र मुलुक बिरोधी कामको फेहरिस्त राख्दै यस्तो तथ्य औंल्याउनु भएको हो । झापाको विर्तामोडमा  आयोजित बृहत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प्रचारप्रसारमा अहिलेदेखि नै टोल टोलमा खट्न निर्देशन दिनुभयो ।

ओलीले पार्टी सहित हरेक भातृ संगठनहरुले टोल–टोलमा सङ्गठन, घर–घरमा सदस्यको नारालाई पूरा गर्न अभियान लिएर अघि बढ्नुपर्ने बेला आएको बताउनु भयो । ‘अव हाम्रा हरेक जनसंगठन टोलटोलमा संगठन, घरघरमा सदस्यको अभियान पूरा गर्न लाग्नुपर्छ,’ ओलीले भन्नुभयो । उहाँले जनतालाई प्रशिक्षत नगर्दा अघिल्लो निर्वाचनमा एमालेको धेरै भोट बदर भएको तथ्य राखेर अव सवै नेता कार्यकर्ता जनताको घरमा भेटिनु पर्ने बताउनु भयो । ‘२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गर्यो, बदर भयो। हाम्रो एउटा पनि भोट खेर जानु हुँदैन । यति धेरै भोट कसरी बदर हुन्छ ?,’ ओलीले भन्नुभयो ।

उहाँले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । ‘अब मतदातालाई राजनीतिक देखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ । मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस्। अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस्,’ ओलीको भनाई थियो । उहाँले झापा जिल्ला आन्दोलनको उर्वभर भूमि भएको र नयाँ युगको सुरुवात यहीँ बाट भएको पनि बताउनु भयो । ’यो जिल्ला लालकिल्ला पनि हो । २०४८ सालको निर्वाचनमा ’मेची अञ्चल, चार जिल्ला, लालकिल्ला’ भनेर हामीले नारा लगाएका थियौं। अब फेरि लालकिल्लाको नारा लगाउने बेला आएको छ,’ ओलीले भन्नुभयो ।

झापाको १५ पालिका मध्ये दमकको परिणाम बारे देश विदेशले चासो देखाएको भन्दै पार्टी हराउने काममा लाग्ने माथि अव कुनै छुट नहुने प्रष्ट पार्नुभयो । ‘स्थानीय निर्वाचनको परिणाम जे भयो, भयो । अब हामीले हाम्रो कमीकमजोरीलाई आफैँले महसुस गरी अघि बढ्नुपर्छ, सवैले आफै माथि समिक्षा गर्नुपर्छ,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले अहिले देशको विकास ठप्प भएको र बैङ्कमा पैसाको अभाव भएको बताउनु भयो । ’अर्थतन्त्रमा तरलताको अभाव देखिएको छ । त्यस प्रति सरकार गम्भीर देखिएन,’ उहाँको भनाई छ । तीन दिनदेखि गृहजिल्ला भ्रमणमा रहनुभएका ओली आज शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports