प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोना संक्रमितको संख्या बढदै, यि अस्पतालमा हुन्छ निशुल्क उपचार

533
shares

काठमाडौं ।पछिल्लो एक साता देखि नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ। जसका कारण अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि विस्तारै बढिरहेको छ। काठमाडौं उपत्यकामा मात्र सयभन्दा बढी संक्रमित अस्पतालमा उपचाररत् छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज ८९५ जना संक्रमित थपिएका छन्। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या साढे चार हजार पुगेको छ। यो संख्या आगामी साता अझ बढ्ने विज्ञहरूले बताएका छन्।

संक्रमितको संख्या बढ्ने भएपछि अब अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्ने देखिन्छ। यसका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार गर्न सकिने अस्पतालहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेश नम्बर १ मा दुइटा अस्पतालहरूमा कोभिडका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। जसमा विराटनगरको कोसी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्।

यस्तै, मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, वीरगञ्जमा निःशुल्क उपचार गर्न सकिन्छ। बागमती प्रदेशमा भने पाँच वटा अस्पतालहरू निःशुल्क उपचार गर्नका लागि तोकिएका छन्। जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पताल छन्।यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पतालमा निःशुल्क उपचार गर्न सकिन्छ। लुम्बिनी प्रदेशमा पनि दुइटा अस्पताल तोकिएका छन्। जसमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगञ्ज स्थित भेरी अस्पताल रहेका छन्।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि दुई-दुई वटा अस्पताल तोकिएका छन्। जसमा कर्णालीमा जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्रनगर स्थित सुर्खेत प्रादेशिक अस्पताल रहेका छन्। यसैगरी, सुदूरपश्चिममा डडेलधुरा अस्पताल र कैलाली स्थित सेती प्रादेशिक अस्पताल छन्।

सरकारले तोकेका यी अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। तर सबै बिरामीको भने यी अस्पतालमा निःशुल्क उपचार हुँदैन। स्वास्थ्य मन्त्रालयका अनुसार मध्यम र जटिल अवस्थाका संक्रमितको मात्र यी अस्पतालमा निःशुल्क उपचार हुन्छ। सामान्य लक्षण भएका संक्रमितहरूको भने निःशुल्क उपचार हुँदैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports