kumari
stcnepal

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस सहित रंगेहात पक्राउ

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । उनलाई नक्साल नागपोखरीको एक होटल बाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।

footer